प्रस्तुत विषय सम्बन्धमा यस जीवन ज्योति माद्यमिक विद्यालय कपुरकोट–५ रीम, सल्यानको विद्यालयको नाममा रहेको जेवीचौरको जग्गामा तरकारी तथा खाद्यान्न उत्पादनको प्रयोजनमा जग्गा ठेक्का दिनको लागि मिति २०७७/०५/१५ को विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार हाल ठेक्का गएको जग्गा मिति २०७७/१०/१६ देखि र अन्य जग्गा २०७७/०६/१५ देखि २०७९/०६/१४ सम्म २ वर्षको लागि रु.३,००,०००। अक्षेरुपी तीन लाख रुपैँयामा नघट्ने गरी बढिबढाऊमा मिति २०७७/०५/२१ गते भित्र आफ्नो निवेदनमा गोप्यमा रकम उल्लेख गरी निवेदन बुझाउनु पर्ने र रकम भुक्तानीका सन्दर्भमा आफूले निवेदनमा राखेको रकमको १० प्रतिशत रकम सम्झौता गर्दाको दिनमा, ४५ प्रतिशत रकम १२ औँ महिनामा र ४५ प्रतिशत रकम सम्झौता सकिने महिनामा बुझाउने सर्तमा काम गर्ने इच्छुक व्यक्तिबाट यस विद्यालयमा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नोट : निवेदनको लागि फर्म विद्यालयबाट लिनुपर्ने छ ।
भुपाल साहु
प्रधानाध्यापक
